दमक/ चोरीमा संलग्न भद्रपुर नगरपालिका–५ का १८ बर्षीय मोहम्बद प्यारेको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली बरामद भएको छ ।
यही असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट मोबायल –२९ थान, घडी २ थान र नगद रु ६१,५०० – एकसठठी हजार पाँच सय चोरी गरेर फरार भएका प्यारेलाई मंगलबार पक्राउ गरेको हो । उनलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये १ थान मोवायल, मोवायलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । उनको साथबाट सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको ताला समेत बरामद भएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

 

Facebook Comments Box