सुनसरी/  सुनसरीको रामधुनी नगरपालिका-२ स्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हिजो राती सवा १० बजे प्रदेश १-०२-०४२ प ३७१३ नम्वरको मोटरसाईलले  ठक्कर दिँदा ६० बर्षीया रुकमी सरदारको मृत्यु भएको हो । ठक्कर दिदा घाईते भएकी सरदारको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक रामधुनी-९ सुनसरीका अमन चौधरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box