दमक/ पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ का लोक बहादुर राईका ९ बर्षिय छोरा दिवन राईलाई खोलाले बगाउदा बेपत्ता भएका छन् । दाजुसंग घरबाट बिधालय तर्फ जादै गर्दा सोहि ठाउँको नुवाखोला तर्ने क्रममा दिवनलाई खोलाले बगाएको ईलाका प्रहरी कार्यालय रबिले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा बालकको खोजी भईरहेपनि यो समाचार तयार पार्दा सम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका एक जनालाई आफ्नै घरको गाह्रो भत्किएर किच्दा ज्यान गएको छ । ६६ वर्षिय जगत बहादुर राईको आफ्नै घरको गाह्रो लडेर किच्दा मृत्यु भएको हो । बर्षाको कारण घरमा पानीको भेल पस्दा पिंढिमा सुतिरहेका राईको गाह्रोले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box