दमक/ झापामा पिकअपको ठक्करबाट आज (सोमबार) एक जना अटो चालकको मृत्यु भएको छ भने अटोमा सवार दुई जना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दिउँसो करिब पौने ३ बजे बुद्धशान्ती ४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअप गाडीले सोहि दिशा तर्फ जाँदै गरेको मे १ ह ४६४४ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिदा भएको दुर्घट्नामा अटो चालक ४१ बर्षिय भानु खडकाको मृत्यु भएको हो । गम्भिर घाईते खडकालाई उपचारका लागि विएण्डसी अस्पताल विर्तामोड ल्याइएकोमा उपचारका क्रममा आजै राती मृत्यु भएको जनाइएको छ ।
अटोमा सवार सोही ठाउँकी १८ बर्षिया बिना सेन्चुरी र वडा नं ४ की ३२ बर्षिया ईन्दिरा राई घाइते भएका छन । दुर्घटना गराउने सवारीका चालक इलाम सुर्याेदय न.पा. वडा नं .१० का ५१ बर्षिय दिलिप कुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Facebook Comments Box