दमक/ दमक मारवाडी सेवा समितिको अध्यक्षमा मनोज अग्रवाल चुनिएका छन् ।
शनिवार सम्पन्न संघको १४ औं साधारणसभाले आगामी दुई बर्षे कार्यकालका लागि मनोजको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
आफनै सभाहलमा भएको साधारणसभाले उपाध्यक्षमा सन्दिप साहेवाला,सचिवमा अमित अग्रवाल ,सहसचिवमा राजेश कुमार अग्रवाल र कोषाध्यक्षमा सुरेन्द्रकुमार अग्रवाल चुनिएका छन् ।यसैगरि सदस्यहरुमा सन्दिप अग्रवाल,जितेन्द्र अग्रवाल,शौरभ अग्रवाल,दिपक वंशल ,राजेश अग्रवाल र मुकेश गुप्ता चुनिएका छन् ।
साधारणसभा दमक मारवाडी सेवा समितिका अध्यक्ष भरत अग्रवालको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सदस्य राजेन्द्रकुमार अग्रवालको प्रमुख आतिथ्यतामा भएको थियो ।उक्त साधारणसभाले राज कुमार अग्रवाललाइ निर्वाचन संयोजकको भूमिका दिएको थियो ।