दमक/ सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ का ५७ बर्षीय सुब्बा कामीको हत्या आरोपमा उनकी श्रीमती र अर्की एक ा महिलालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको छ । असार २५ गते राती श्रीमान श्रीमती संगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा कामीलाई निजकै श्रीमती ५५ बर्षीया बुदामाया बि.क. र स्थानीय ५३ बर्षीया ङिमा तामाङले हत्या गरेको भन्ने खुल्न आएसंगै दुबै जनालाई पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Facebook Comments Box