कमल / कमल गाउँपालिकालाई सफा र स्वच्छ राख्न सरसफाईमा गाउँपालिकाबासीलाई जागरुक बनाउने संकेतसहित कार्यालय परिसरमा आज सोमबार सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ । कार्यालय परिसरसहित प्रबेशद्धार आसपासमा सरसफाई गरि टोल टोलमा सरसफाईको चेतना जगाउने प्रयत्न गरिएको हो ।
गाउँपालिकासहित कमल २ वडा कार्यालयको आयोजना तथा स्थानीय क्याम्पा वजार टोल बिकास संस्था सहभागितामा भएको सरसफाई कार्यक्रममा पालिका प्रमुख हुकुमसिंह राई, वडा नं २ का वडाध्यक्ष अशोक सुब्बासहित जनप्रतिनिधि ,कर्मचारी , प्रहरी र टोलबासीहरुको सहभागिता थियो । उनीहरुले सरसफाई अभियान अन्तर्गत पालिकाको कार्यालय परिसरसंगै प्रवेशद्धारको नालामा सफाइ र माटो पुर्ने कार्यमा श्रमदान गरेका थिए ।
सरसफा कार्यक्रमको शुभारम्भमा अध्यक्ष राईले कमलबासीहरुलाई आआफनो गाउँ टोल सफा राख्न नियमित सरसफाईमा जुटन सांकेतिक आव्हान गर्दै सो कार्यक्रम गरिएको बताए । कमललाई स्वच्छ ,हराभरा बनाउन सवैको योगदान जरुरी भएको र यस्ता कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्न गाउँ टोलबासीलाई आव्हान गरे । सरसफाईसंगै प्रवेशद्धारको भागमा माटो पुर्ने कार्य गरिएपछि त्यहाँ फलफूलका विरुवाहरु रोपिने गाउँपालिकाले जनाएको छ ।


