संखुवासभा/ संखुवासभाको खाँदवारी नगरपालिका–३ माल्टा खोला छेउबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट सुमनचौकबाट खटिएको प्रहरी टोलीले चिचिला गाउँपालिका–१ का ३० बर्षीय बबी गुरुङ र २९ बर्षीय बिकास गुरुङलाई ८ केजी लागुऔषध गाँजासहित आईतवार राती १० बजे पक्राउ गरेको हो । उनीहरुका बिषयमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments Box