सुनसरी/ सुनसरीको कोशी गाउँपालिका-४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ घाईते भएका छन । आज दिउँसो पौने ४ बजे को.२ त २१५८ नम्वरको ट्रयाक्टरले बिपरित दिशाबाट आउदै गरेको को.२८ प ९३९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रहेकि देवानगंज गाउँपालिका-४ कि ५५ बर्षीया जयमुन खातुनको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय जुमरात मिया घाईते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते
Nishkarsha News
२०७९ असार २६, आईतवार १८:५४