मौसम अपडेट– अझै २/३ दिन भारी बर्षा, बाढीसंगै हावाहुरी र पहिरोको खतरा

Author Nishkarsha News
२०७६ असार २७, शुक्रबार १०:०८

दमक/पूर्वी भागमा अझै २÷३ दिन सम्म लगातार भारी बर्षा हुने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

मनसुन न्यून चापिय रेखा तराईमा रहेको तथा मध्य र पूर्वी भूभागमा न्यून चापिय क्षेत्र समेत रहेका कारण अझै २/३ दिन सम्म मनसुन अति सक्रिय भईरहने सम्भावना रहेको हो ।

मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा समेत हुनेछ । देशका केहि स्थानहरुमा हावाहुरीको सम्भावना समेत रहेको मौसम बुलेटिनमा उल्लेख छ । आगामी २४ घण्टा देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारी वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारी वर्षा समेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने खतरा पनि मौसम पूर्वानुमान शाखाले गरेको छ ।
पूर्व र मध्य तराई क्षेत्रका खोला नदीहरुमा पानीको वहाव वढन सक्ने भएको उच्च सतर्कता अपनाउन पनि शाखाले चेतावनी दिएको छ । मौसमका कारण देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्कताका साथ विपद व्यवस्थापनको पूर्व तयारीमा रहन सचेत गराएको छ ।

बाटो अवरुद्ध

अबिरल बर्षाका कारण देशका बिभिन्न स्थानमा पहिरो आई बाटो अबरुद्ध भएका छन। काभ्रे रोशी गा.पा.११ बि.पि.राजमार्ग स्थित पिप्ले,कालढुङगा, रोशीपुल नजिक पहिरो आई बाटो बन्द भएको नेपाल बाढी सुचनाले जनाएको छ। यसैगरी बुटवल बाट पाल्पा जाने बाटो, लमजुङ बाट मनाङ जाने बाटो र भोजपुर बाट धरान जाने बाटो बन्द भएको पनि बाढी पुर्वामान महाशाखाले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्