बिर्तामोड/ २५ असार–नेकपा (एकीकृत समाजवादी) झापाको बिर्तामोडस्थित कार्यालयमा आज सम्पन्न बैठकले गरेका निर्णयहरु बिज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।
सो बिज्ञप्तीमा तराईका जिल्लाहरुमा बसोबास गर्ने सिमान्तकृत सन्थाल/सन्ताल समुदायको पहिचान र अस्तित्वलाई बचाउन ‘सतार’ शब्दलाई सरकारी रेकर्ड तथा दस्ताबेज र चलनचल्तीबाट हटाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थाल/सन्ताल समुदायको भावनामा ठेस पुग्नेगरी ‘सतार’ शब्द प्रयोग भइरहेको र आगामी दिनमा सन्थाल/सन्ताल लेख्ने व्यवस्था मिलाउन एकीकृत समाजवादी झापा जिल्ला कमिटीले सरकारको ध्यानाकर्षण गराएको हो ।
पार्टी जिल्ला अध्यक्ष बेदराज रेग्मी र सचिव बिपी भट्टराईद्वारा जारी बिज्ञप्तीमा सन्थाल÷सन्ताल समुदायको शैक्षिक, आर्थिक, साँस्कृतिक र सामाजिक क्षेत्रमा स्थापित गराउन आवश्यक नीतिगत कार्यक्रम र योजनाहरु ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । तराईका जिल्लामा बसोबास गर्ने सन्थाल/सन्ताल समुदायको अवस्था अहिलेपनि कमजोर रहेको र उनिहरु सिमान्तकृत अवस्थामा पुगेको भन्दै एकीकृत समाजवादी झापाले स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराइएको हो ।
त्यस्तैं, बिर्तामोडस्थित पार्टी जिल्ला कार्यालयमा पुस्तकालय स्थापना गर्न पुस्तक सङ्कलन अभियान सञ्चालन गरिएको समेत आजै प्रकाशित प्रेष बिज्ञप्तीमा उल्लेख गरिएको छ । पार्टी कार्यालयमा आगान्तुकहरुका लागि र पठनीय संस्कृतीको बिकास गर्न पुस्तकालय स्थापना गरिने भएको छ ।
पुस्तकालय निर्माणका लागि सवै सदस्यहरु र अन्य इच्छुकहरुले पुस्तक सङकलन गर्न सकिने बिज्ञप्तीमा जनाइएको छ । साथै, जन्मदिन वा अन्य उत्सवको अवसर पारेर समेत पुस्तकालयमा पुस्तक सङ्कलन गर्न सकिने पार्टि जिल्ला सचिव बिपी भट्टराईले जानकारी दिए ।
जिल्ला अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकमा केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे, नीलमणी बराल, केन्द्रीय सल्लहाकार तथा बरिष्ठ साहित्यकार पुष्य खरेल लगायतको उपस्थिति रहेको प्रचार बिभाग प्रमुख तथा समाजवादी प्रेष संगठन प्रदेश १ का इन्चार्ज तीर्थ सिग्देलले जानकारी दिए ।