बिर्तामोड/ बिहीबार बिहानै पूर्वीनाका काँकडभिट्टमा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीचझडप भएको खबर बाहिरियो । त्यसको केहीबेर सशस्त्र प्रहरीकातर्फबाट सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेम भण्डारी र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले संयुक्त विज्ञप्ति जारी गरेर झडप वा विवाद नै नभएको दाबी गर्यो ।

खबरमा आएजस्तो नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद भएको थिएन । नेपाल प्रहरी र सशस्त्रबीच विगतमा र अहिले पनि उस्तै सहकार्य रहेको सशस्त्रका डिएसपी भण्डारी बताउँछन् । केही व्यक्तिबीचको सामान्य वादविवादलाई विभागसँग जोडेर झडप भयो भन्नु गलत भएको उनी बताउँछन् ।

‘स्थापनाकालदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच सधैँ सहकार्य र समन्वय हुँदै आएको छ । भोलिका दिनमा पनि समन्वय र सहकार्य हुनेछ । विवाद कहिल्यै थिएन र हुँदैन पनि । हामीले राम्रो सहकार्य गरेर भर्खरै मात्र स्थानीय तह निर्वाचन झापामा शान्तिपूर्ण ढंगले सम्पन्न गरेका छौँ,’ उनले भने, ‘केही व्यक्तिमा बुजाबुज नहुँदा सामान्य वादविवाद भयो होला यसलाई संगठनसँग जोड्न आवश्यक छ र ? खासमा भएको पनि केही हैन ।’

Facebook Comments Box