बिराटनगर/ एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरी कार्यभार सम्हालेका छन । गृह मन्त्रालयको यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरिक्षक पदमा बढुवा भएका गिरीले कार्यभार सम्हालेका हुन । नेपाल प्रहरी संगठनमा उनले यस अघि बिशेष ब्युरो, सिआईबी, अपराध महाशाखा जस्ता महत्वपुर्ण स्थानमा रहेर काम गरिसकेका छन ।

बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धमा गिरीलाई दख्खल भएको सुरक्षा अधिकारीका रुपमा हेरिन्छ । उनले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाडौमा समेत जिम्मेवारी पूरा गरिसकेका छन । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराधरहित समाज निर्माणमा जन चाहना अनुसार प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।

Facebook Comments Box