दमक/ दमक ४ स्थित आस्था टोल बिकास संस्था अन्तर्गत महिला समुह गठन गरिएको छ । उमा राईको अध्यक्षतामा ४० सदस्यीय महिला समुह गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा कोपिला अधिकारी, सचिवमा हेमा भट्टराई सिटौला र कोषाध्यक्षमा कविता कोईराला सर्वसम्मत चयन भएका छन ।

महिला सशक्तिकरणका लागि र महिलाहरुलाई संगठित बनाई वचत गर्ने बानीको बिकास गर्न महिला समुह गठन गरिएको दमक नगर महिला शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिइन । टोल भित्र रहेका महिलाहरुको समस्यालाई पहिचान गर्न पनि समुहले सहयोग पुर्याउने उनले बताइन ।
समुह गठनको अवसर पारेर महिला स्वास्थ्य शिक्षा, घरेलु हिंसा र लागु औषध सम्बन्धि अनुशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको प्रमुख भण्डारीले जानकारी दिइन ।

भेलामा सहभागीहरुलाई दमक अस्पतालका निशा देवकोटाले स्वास्थ्य सम्बन्धि र ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले घरेलु हिंसा र लागु औषध दुब्र्यसन सम्बन्धि अनुशिक्षण सञ्चालन गरेका थिए । कार्यक्रममा आस्था टोल बिकास संस्थाका अध्यक्ष तारा दाहाल, मदन आश्रीत टोल बिकास संस्थाका अध्यक्ष बिमल निरौला लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box