दमक/ ग्रामिण बिकास फाउण्डेशनको आयोजना र पर्यटन तथा संस्कृति मन्त्रालयको प्राविधिक र कमल गाउँ पालिकाको आर्थिक सहयोगमा साना होटल व्यवस्थापन सम्बन्धि १० दिने तालिम आज सोमबार सम्पन्न भएको छ ।
फाउण्डेशनका अध्यक्ष होम बरालको अध्यक्षता र कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख अतिथ्यमा भएको समापन कार्यक्रमका सहभागीहरुले युवाहरुलाई स्वरोजगार बनाई आर्थिक बिकासमा लाग्न यस किसिमका तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । उनीहरुले सीपलाई अधिकतम सदुपयोग गरेर जीवनउपयोगी बनाउन सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह पनि गरे । क्याम्पास्थित मदन आश्रित माविमा भएको समापन कार्यक्रममा पालिका अन्तर्गतका सात वटै वडाका वडाध्यक्षहरु र राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । समापनका अवसरमा प्रशिक्षार्थीहरुले बनाएको खाना प्रस्तुत गरेका थिए । प्रशिक्षणमा गाउँपालिका भित्रका ३८ जना युवाहरु सहभागी थिए ।
