सुनसरी/  मानववेचविखन मुद्धामा फरार एक महिला कारागार चलान भएकी छिन ।  १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले  प्रतिवादीलाई पक्राउ गरेको छ ।  जिल्ला अदालत सुनसरीको २०७८/०३/२२  गतेको  फैसलाले मानव बेचबिखन ओसारपसार मुद्धामा १० बर्ष कैद र ५० हजार रुपैया जरिवाना असुल गर्न बाँकी रहेकी सुनसरी धरान-१६ की ४६ बर्षीया सरिता भन्ने कृष्ण कुमारी लिम्बुलाई  आज पक्राउ गरिएको हो ।  पक्राउ परेकी  लिम्बुलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गर्ने आदेश भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box