झापा/ झापाको दमक नगर पालिका वड नम्बर १० ले सोमबार ९ थान पेटानी बुन्ने तान हस्तान्तरण गरेको छ । वडा कार्यालयले सोमबार एक कार्यक्रमका बिच आफ्नो वडामा बसोबास गर्दै आएका धिमाल समुदायका ९ जना महीलाहरुलाई सो तान हस्तान्तरण गरेको हो । कार्यक्रममा वडाको अघिल्लो आर्थिक बर्ष ७८/७९ को एक लाख ५० हजार बजेट बाट जनही करिब १७ हजार मूल्य बराबरका ९ थान पेटानी बुन्ने तान बितरण गरिएको वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीले बताए । सो अवसरमा वडा अध्यक्ष भण्डारीले तानको भरपुर उपयोग गर्दै आय आर्जन गर्न आग्रह गर्नुभयो । भने उत्पादित सामाग्रीको बजारी करणमा समेत वडाले सहयोग गर्ने बताए ।

बाईट १० नम्बर वडाको सेतुमारी, नलबारी र नौ भाइ चोक आसपास धिमाल बस्तिका महीलाहरुलाई तान बितरण गरेको हो । लाभग्राही पुस माया धिमालले अझैपनी आफ्नो समुदाय भित्र तानको अभाब रहेको गुनासो गर्नुभयो । उहाले आफ्नो गाउँ छिमेकमा तीन वटामात्र पेटानी बुन्ने तान रहेकोले आलोपालोमा पेटानी बुन्नुपर्ने बाध्यता रहेको गुनासो गरे । बाईट आगामी दिनमा पनि वडाले महीलाको क्षेत्रमा सिपमुलक कार्यक्रमहरु संचालन गरि उनिहरुको आय आर्जनमा टेवा पुर्याउने खालका कार्यक्रमहरु लाई निरन्तरता दिइने वडा सचिव योगेश भट्टराईले जानकारी दिए ।

Facebook Comments Box