दमक/  झापाको शिवसताक्षी नगरपालिका ४ स्थित जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु भएको छ ।
झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुले बैंकको १६७ औ शाखा रहित सो सेवा केन्द्रको उदघाटन गरेका छन । सो शाखाबाट बैँकखाता खोल्न, सम्पुर्ण रेमिटको सेवा, खातामा रकम जम्मा गर्न तथा सामाजिक सुरक्षा भत्ता वापतको रकम झिक्न समेत सकिने लगायतका बैँकका ७० प्रतिशतका कामहरु सबै गर्न सकिने सो बैँकले जनाएको छ । सो वडाका वडाध्यक्ष सिकिन पासवानले वडामा नै बैंकको सेवा शुरु भएकाले वडाबासीलाई सहज हुने विश्वास गरिएको बताए ।

Facebook Comments Box