पाँचथर/ पाँचथरको फालेलुङ गाँउपालिका-७ बिदीन स्थितमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो । पहिरो गरएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ बर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो भने पहिरोमा पुरिई बेपत्ता भएकाहरुको खोजतलासको क्रममा ५५ बर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनको ४२ बर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ बर्षीया नातिनि एलिसा मगरलाई आज बिहान मृत अवस्थामा फेला पारेको हो ।
पहिरोमा परेर तीन जनाको मृत्यु
Nishkarsha News
२०७९ असार १९, आईतवार १८:४९