दमक/ मोरङ रंगेली नगरपालिका वडा नं.-१ बिर्ताबजारमा आफ्नै श्रीमतीलाई आगोले जलाएर मार्ने तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण ३१ बर्सिया श्रीमती बबिता मल्लिकलाई मट्टीतेल छर्केर आगो लगाएर मारेको आरोपमा मल्लिकलाई पक्राउ गरेको हो । हिजो शुक्रबार भएको सो घटनामा घाइते भएकी बबिताको उपचारका क्रममा आज बिहान बिराटनगरमा मृत्यु भएको हो । घटना गराएर फरार रहेका उनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । आरोपितलाई इलाका प्रहरी कार्यलय रङेलीमा राखेर थप अनुसन्धान अघि बढाइएको जनाइएको छ । सो घटनामा मल्लिकको घर समेत जलेर नस्ट भएको छ ।

Facebook Comments Box