दमक/   मोरङको रंगेलीमा स्कूल बसको ठक्करबाट एक जना बिद्यार्थीको मृत्यु भएको छ । मंगलबार अपरान्ह करिब ४ बजे रगेली नगरपालिका वडा नं ७ स्थित भित्रि पक्कि सडक खण्डमा को १ क ११३० नम्बरको मकालु बोर्डिङ स्कूलको बस बिद्यार्थीरुलाई लिएर बाहिर निस्किने क्रममा ठक्कर दिँदा गम्भिर घाईते भएका मध्ये रंगेली ७ का महादेव मण्डलका ३ बर्षिय छोरा रितिक मण्डलको उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई उपचारका लागि टाईम्स अस्पताल लगिएकोमा डाक्टरले मृत्यू घोषणा गरेका ट्राफिक प्रहरीले जनाएको छ । । दुर्घटनामा नरेश मण्डलकी छोरी ६ बर्षिया सोनम कुमारी मण्डल गम्भिर घाईते भएकी छिन । उनको कोशी अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
त्यसैगरी झापा बिर्तामोड ६ बुट्टावारीस्थित लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको प्र.१–०१–००१क ९०३ नम्बरको टिफरले बिपरित दिशावाट आउदै गरेको मे.८प ८३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाईते भएका छन । दुर्घटनामा मोटरसाइकल चालक ईलाम सुर्योदय ५ का ३० बर्षिय निश्चल प्रधानको टाउको र दाहिने हातखुट्टामा गम्भिर चोट लागेको जनाइएको छ । सोही ठाउँका २३ बर्षिय उतर थापा सामान्य घाईते भएका छन । दुबै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा भईरहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box