दमक/ दमक नगरपालिका वडा नं २ मा आज बालमैत्री नगरपालिका घोषणाको पूर्व तयारी स्वरुप अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । वडा नम्बर २ स्थित उर्जाशिल महिला वचत समूहमा आबद्ध सदस्यहरुलाई सो सम्बन्धि अभिमुखिकरण सञ्चालन गरिएको हो ।
दमक नगर उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बालमैत्री अभियन्ता सुमन ढकालले बाल अधिकार, बाल मैत्री वातावरण, बालबालिकाहरुसंग गर्नु पर्ने ब्यबहार लगायतका बिषयमा जानकारी गराएका थिए ।
उर्जाशील महिला वचत समूहकी अध्यक्ष मदन कुमारी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष प्रजापती सापकोटा, वडा सदस्य चन्द्रकला विश्वकर्मा, दमक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारी लगायतले बालमैत्री घोषणाका बिषयमा बोलेका थिए ।
