दमक/ झापाको कमलका स्थायीबासिन्दा एवं गौरीगञ्ज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले आफ्नो जन्मदिन समाजमा उदाहरणीय काम गरेर मनाएका छन ।
लायन्स क्लब अफ कमल प्रोफेसनलका अध्यक्ष समेत रहेका मिश्रले जन्मदिनको अवसरमा कमल ५ सिम्लेस्थित सहिद रत्न प्राथमिक विद्यालयमा अध्यनरत ५६ जना विद्यार्थीलाई एक/एक थान किताब बोक्ने झोला प्रदान गरेका छन भने पाँच जना विद्यार्थीलाई एक शैक्षिक सत्रका लागि पूर्ण रुपमा अभिभावकत्व ग्रहण गरेका छन ।
सो अन्तर्गत बिदालय पोशाक र शैक्षिक सामग्री प्रदान गरेका लायन्स क्लबका जोनचिर्यर पर्सन हेमसागर अधिकारीले जानकारी दिए ।

Facebook Comments Box