भोजपुरमा गोलि हानाहान हुँदा १ प्रहरीसहित २ जनाको मृत्यु

Author Nishkarsha News
२०७६ असार २५, बुधबार १३:०१

दमक /भोजपुर जिल्लाको भोजपुर बजारमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरी जवान र एक जना विप्लव कार्यकर्ताको मृत्यु भएको छ।
प्रहरीका अनुसार ड्युटीमा रहेका प्रहरीमाथि बिहान ८ बजेर ३० मिनेटतिर आक्रमण हुँदा प्रहरी जवान सन्जीव राईको गोली लागेर मृत्यु भएको हो।
त्यसैगरी प्रहरीले सो आक्रमणको प्रतिकारमा विप्लव कार्यकर्ता मारिएको दाबी गरेको छ।
मृत्यु भएका व्यक्ति विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको प्रहरीको भनाइ छ।
उनको साथबाट प्रहरीले पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ। प्रदेश नम्बर १ प्रहरीले थप मद्दतका लागि टोली पठाएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्