दमक/ प्रहरीले मोरङका विभिन्न स्थानबाट विभिन्न खाले मुद्धामा फरार चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
विना इजाजत राष्ट्रिय वन क्षेत्रमा प्रवेश तथा हातहतियार खरखजाना मुद्दामा १० महिना २९ दिन कैद र ३० हजार जरिवाना तोकिएका सुमनसंभी लिम्बु र जबरजस्ती करणी मुद्दामा २ महिना १० दिन कैद, ५ हजार जरिवाना तोकिएका रमेश घिमिरेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी चोरी मुद्दामा ५ महिना १६ दिन कैद र ५ हजार जरिवाना तोकिएका अर्जुन झागडलाई इलाका प्रहरी कार्यालय बेलबारीले र नकवजनी चोरीमुद्दामा ७ महिना ५ दिन कैद, १० हजार रुपैया जरीवाना तोकिएका सुन्नर सरदारलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाईएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।