दमक/ तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं १ जिरोप्वान्टस्थित बसन्तपुर तेह्रथुम पक्की सडक खन्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तेह्रथुमबाट बसन्तपुर तर्फ आउदै गरेको प्रदेस १–०२–००३ त २४३ नम्बरको टयाक्टर आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा लालिगुरास ७ की ४६ बर्षिया पवित्राकुमारी मगरको मृत्यु भएको हो । शुक्रबार भएको दुर्घटनामा गम्भिर घाईते मगरको उपचारका क्रममा राती पौने १२ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । सो दुर्घटनामा चालक सोही ठाउँका २२ बर्षिय जयन्द्र लिम्बु र २३ बर्षिय ललित कुमार मगर गम्भिर घाइते भएका भएका छन ।
त्यसैगरी झापाको गौरादह १ स्थित भित्रि पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको मे १०प ४७७० नम्बरको मोटरसाइकलले सोहि दिशा तर्फ जाँदै गरेको साईकल यात्री दमक ९ का ५० बर्षिय लय प्रसाद सिटौला र मोटरसाइकल चालक गौरादह ३ का ४४ बर्षिय मदन बहादुर परियार गम्भिर घाईते भएका छन ।

Facebook Comments Box