दमक/ झापा बिर्तामोडकी १३ बर्षिया एक नाबालिकालाई झुक्याएर भारत तर्फ बेचविखनका लागि लैजाँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत मजतपुर घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं ५ मुर्तीचौकमा डेरा गरी बस्ने २३ बर्षिय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका वडा नं.–४ सपही बस्ने १९ बर्षिया सिरिसा सिंह महथालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।
गत असार ५ गते बिराटनगर महानगरपालिका वडा नं १५ भन्सार कार्यालयको २ नं ढाट सिमाक्षेत्रबाट नावालिकालाई ललाई फकाई भारततर्फ वेचबिखन गर्न लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ उनीहरुलाई पक्राउ गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरुमाथि मोरङ जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
