दमक/ झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधवार बेलुका सवा ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १–०१–००१ ह ८६०१ नम्बरको सिटिलाई सोहि दिशा तर्फ जादै गरेको प्रदेश १–०१–००१ क ११४६ नम्बरको मिनीट्रकले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा मेचिनगर–९ का ४३ बर्षीय रमेश कट्वालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते उनको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी बिराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर माझी थरकी एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानिय ३३ बर्षीय सुनिता चौधरी माझीको मृत्यु भएको हो । बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी थिईन । घाईते भएकी माझीलाई तत्काल उपचारको लागी कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।