शिवसताक्षी/शिवसताक्षी नगरपालिका वडा नं. ५ मा बुधबार निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको छ ।
शिविरबाट करिब ८ सय जनाले लाभ लिएका छन । शिवसताक्षी नगरपालिका वडा नं. ५ को संयोजन वर्कफर नेपालको आयोजना र हेल्पिङ्ग हेन्ड फर रिलफ एन्ड डेबलमेन्टको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरको शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले उदघाटन गरेका थिए । शिविरमा आम्दा अस्पताल दमक, उँ शान्ति डेन्टल हस्पिटल, विर्ताज्योती आइकेयर सेन्टरका चिकित्सकहरुले सेवा दिएका शिवसताक्षी ५ का वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । शिविरमा दन्तरोग, आँखाको उपचार महिलाहरुको पाठेघरको जाँच र हाडजोर्नी तथा नशा सम्बन्धि समस्याका बिषयमा उपचार तथा परामर्श सेवा दिइएको थियो । स्वास्थ्य शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा फिजिसियन डा. अहमद रेजा, स्त्रीरोग विशेषज्ञ डा. सविना कट्टेल, नेत्र सहायक मोती बराल, र दन्त रोग विशेषज्ञ स्मारक दाहालले सहजीकरण गरेका थिए ।
Facebook Comments Box