सुरुङ्गा/ नेपाल दलित उत्थान संञ्जाल कनकाईले १८ जना दलित गरिब तथा जेहेन्दार विद्यार्थीलाइ बुधवार आज छात्रवृत्ति प्रदान गरेको छ ।
संजालले आफ्नो अक्षयकोषबाट प्राप्त ब्याजबाट कनकाई नगरपालिकाका माध्यमिकतहमा अध्यानरत १८ जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको संञ्जालका उपाध्यक्ष दलबहादुर विश्वकर्माले जानकारी दिए ।
विद्यार्थीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले छात्रवृत्ति रकम प्रदान गरेका थिए । सोहि अवसरमा संञ्जालले कनकाई नगरपालिकाबाट निर्वाचित दलित महिला सदस्य र नगरप्रमुख, उपप्रमुखलाई समेत सम्मान गरेको थियो । केहि बर्ष पहिले कनकाई नगरपालिकाले नेपाल दलित उत्थान सञ्जाललाई अक्षय कोषका लागि ५ लाख रुपैँया र तत्कालिन संविधानसभा सदस्य प्रेमबहादुर गिरीले थप एक लाख रुपैँया समेत दिएका थिए । अक्षयकोषको ब्याजबाट संञ्जालले कनकाईका प्रत्येक वार्डबाट २ जनाको दरले १८ जनालाई छात्रवृत्ति रकम प्रदान गरेको हो ।
कार्यक्रम संजालका अध्यक्ष ठाकुर बराइलीको सभापतित्वमा भएको थियो ।

Facebook Comments Box