अमृत बहादुर राईले सम्हाले शिवसताक्षीमा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी

Author Nishkarsha News
२०७९ असार ७, मंगलवार १८:४५

दमक/ शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा अमृतबहादुर राईले जिम्मेवारी सम्हालेका छन् । यसअघि सो पालिकामा गीताकुमारी राई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा थिइन ।
उनको सरुवा भएपछि कार्यालयमा निमित्त प्रशासकीय अधिकृतको रुपमा प्रकाश चौधरीले कामकाज गर्दै आएका थिए ।
वि.सं. २०६६ सालमा ताप्लेजुङ्ग जिल्लामा सहायक प्रजिअको रुपमा निजामति सेवामा प्रवेश गरेका राईले प्रधानमन्त्री कार्यालयमा समेत रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन । उनी पहिलो पल्ट स्थानीय तहमा खटिएका हुन ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्