दमक/ मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढिगंगा गाउँपालिका–६ का ३२ बर्षीय बिनोद चौधरीको डेराबाट पेस्तोल बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाईकल चोरीमा संलग्न १६ जनालाई २१ थान मोटरसाईकल सहित पक्राउ गरेपछि अनुसन्धानका क्रममा मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका चौधरीको डेरामा एउटा चाईनिज पेस्तोल, सोही पेस्तोलको गोली एक राउण्ड र म्याग्जिन एक थान भएको पत्ता लागेको थियो ।  जिल्ला प्रहरी कार्यालय मोरङले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ  ।

Facebook Comments Box