दमक/ पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बेलबारी र दमकका दुई ठाउँमा भएका दुर्घटनामा एक बालिकाको ज्यान जानुका साथै अन्य तीन जना घाईते भएका छन ।
बेलबारी २ किस्ती खोला छेउमा राजमार्ग किनारमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको बिग्रेर रोकि राखेको ना ६ ख ५९३६ नम्बरको ट्रकमा सोहि दिशाबाट जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल पछाडीबाट ठोक्किएर दुर्घटना हुँदा बेलबारी न.पा.–१० का अन्दाजी ३५ बर्षिय रबिन चाम्लिङ राईकी २ बर्षिया छोरी दयानी राईको मृत्यु भएको हो ।
हिजो दिउँसो करिब साढे दुई बजे भएको दुर्घटनाका घाईते ति बालिकाको उपचारको क्रममा राती ९ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा दयानीका बाबु आमा राईद्धय घाईते भएका छन । त्यसैगरी दमक ८ पशुहाट डाँडामा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र.१–०२–००४ प ४१३२ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आईरहेको दुई ओटा साईकललाई ठक्कर दिदा मोटरसाइकल चालक झुम्का घर बताउने अन्दाजी ३२ बर्षिय रमेश कटुवाल गम्भिर घाईते भई उपचारका लागि विराटनगर पठाइएको छ । साईकल यात्री झापा कन्काई ५ का २८ बर्षिय सन्तोष बिक र दमक ७ का २३ बर्षिय बिनोद यादबको समेत हात खुट्टामा चोट लागेको जनाइएको छ ।