गौरीगञ्ज/ राजवंशी समाज विकास समिति गौरीगञ्ज ६ को पहिलो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले आत्माराम राजवंशीको अध्यक्षतामा वडा समिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा मान बहादुर राजवंशी र आमासी राजवंशी चयन भएका छन् ।
राजवंशी समाज विकास समिति झापाकी उपाध्यक्ष नौताली राजवंशीको प्रमुख आतिथ्यमा गौरीगञ्ज गाउँपालिका वडा नं. ६ को वडा सभाकक्षमा भएको अधिवेशनले सचिवमा बरूण कुमार राजवंशी, सहसचिवमा मेघराज राजवंशी, कोषाध्यक्षमा सागवती राजवंशी, सदस्यहरूमा प्रकाश चन्द्र राजवंशी, लक्ष्मी प्रसाद राजवंशी , प्रभा राजवंशी, फागुलाल राजवंशी, सुनिता राजवंशी, जानकी राजवंशी, सुभद्रा राजवंशी, नगेन्द्र कुमार राजवंशी, झरीलाल राजवंशीलाई चयन गरेको छ ।
कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि हेमनसरी राजवंशी, केन्द्रीय सल्लाहाकार देवि प्रसाद राजवंशी, पर्वतलाल राजवंशी, पुर्व प्राध्यापक बुधकरण राजवंशी, पुर्व शिक्षक सुन्दरलाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तदर्थ समितिका अध्यक्ष कपित नारायण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरूण कुमार राजवंशीले गरेका थिए ।
आजै राजवंशी समाज विकास समिति गौरीगंज वार्ड नं.६ का अध्यक्ष आत्माराम राजवंशीको अध्यक्षतामा बसेको वैठकले गाउँपालिका अधिवेशनका लागि २ जना महिला सहित ५ जना अधिवेशन प्रतिनिधि चयन गरेको छ । गापा अधिवेशन प्रतिनिधिमा आत्माराम राजवंशी, मेघराज राजवंशी, गंगाप्रसाद राजवंशी, आमासी राजवंशी र सुनिता राजवंशी रहेका छन् । त्यसैगरी समितिले वडा समितिमा २ जनालाई सदस्य पदमा मनोनित गरेको छ । मनोनित हुनेहरूमा भागिरथ राजवंशी र विश्वनाथ राजवंशी रहेका छन् ।
समितिले गौरीगञ्ज गाउँपालिकामा नवनिर्वाचित गापा अध्यक्ष, उपाध्यक्षसहित वडा जनप्रतिनिधिहरूलाई सम्मान तथा बधाई र राजवंशी समाज विकास समिति केन्द्रीय समित भवन निर्माणका लागि ३ कठ्ठा जग्गा दान दिएका धनन्ञय राजवंशीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
