दमक/ दमक नगरपालिकाले सुस्त श्रवण भएका व्यक्तिहरुलाई सुस्त श्रवण शक्ति यन्त्र वितरण गरेको छ । प्रदेश सभा सदस्य अर्जुन राईको सांसद विकास कोषको रकमबाट नगरपालिकाको सहयोगमा नगर भित्रका १३ जना सुस्त श्रवण भएकाहरुलाई ति श्रवण शक्ति यन्त्र उपलब्ध गराईएको हो ।
आज दमक नगरपालिकाले औपचारीक कार्यक्रम गरि नगर प्रमुख राम कुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसार्इं र प्रमुख प्रशासकिय अधिकृत शशि राईले ति श्रवण शक्ति यन्त्र हस्तान्तरण गरेका नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिइन ।
सुनसरीको धरानस्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा. बिनय कुमार शाहले श्रवण परिक्षण गरी ति सामाग्रीहरु उपलब्ध गराईएको हो ।
