काठमाडौं/ सशस्त्र प्रहरीका ९ जना उपरीक्षक एसपी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिले दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, बिनोदराज श्रेष्ठ र प्रकाश थापालाई बढुवा गर्न सिफारिस गरेको हो।
साथै समितिले बढुवा सिफारिस उपर चित्त नबुझ्ने कोही योग्य उम्मेदवारहरु भए सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सूचनामा उल्लेख गरेको छ।