दमक/झापाको गौरादह १ मा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

आज सोमबार बेलुकी ५ बजे गौरादह १ मा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्याकटरले सोही ठाउँका राम प्रसाद अधिकारीको छोरा ९ बर्षिय गौरव अधिकारीलाई ठक्कर दिदा मृत्यु भएको हो । गौरवलाई तत्काल उपचारका लागि दमक अस्पताल ल्याइएकोमा ६.४० बजे चिकित्सकहरुले मृत घोषणा गरेका हुन । ठक्कर दिने सवारी र चालक कमल १ का २६ बर्षिय विनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box