दमक/ सुनसरीको बराहक्षेत्र नगरपालिका–४ मा बन्चरो प्रहार गरेर भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ३० बर्षीय देबराज धामी रहेका छन । आज बिहान पौने ६ बजे देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य विवादमा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । उनलाई तत्कालै उपचारको लागि बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । हत्या गर्ने देबराजलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
