बिर्तामोड /  कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको हर्कटेमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलको मृत्यु भएको छ । कर्णाली साकोसका पदाधिकारी चढेको स्कोरपियो बिर्तामोडबाट इलामतर्फ जादै गर्दा साँझ ६ बजेतिर हर्कटेमा बाटोभन्दा तल झरेको सहकारीका कर्मचारी तारा राईले बताए । दुर्घटनामा परी सहकारीका अध्यक्ष टिएस प्रधान , कोषाध्यक्ष एकराज विष्ट ,सदस्य गणेश पराजुलीलगायत घाइते भएका छन् ।

उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । गाडीमा ६ जना सवार रहेका थिए । प्रतिदिनबाट 
Facebook Comments Box