दमक,२५ असार–लायन्स क्लव अफ दमक विगवुद्धले सोमबार आफनो चौथो बार्षिकोत्सव मनाएको छ । स्थानीय थकाली किचनमा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको अध्यक्ष दिवस राईले जानकारी दिए ।
लायन्स एमजिएफ एरिया चिफ कोअर्डिनेटर बबरजंग थापाको प्रमुख आतिथ्यता भएको बार्षिकोत्सवमा चिफ कल्चरल एण्ड हेरिडस गोपाल अग्रवाल, एरिया को-अर्डिनेटर अजय अग्रवाल, रिजलन चियर पर्सन कमल शाक्य, जोन चियर पर्सन विपी मिश्र, लायन्स क्लव अफ दमक विगवुद्धका संस्थापक अध्यक्ष सुधिर प्रधान लगायतको उपस्थिति रहेको थियो ।
गत असार १५ मा नेतृत्व सम्हालेका वर्ष २०१९।२० का अध्यक्ष राईले बार्षिकोत्सवलाई निरन्तरता दिदै बर्षभरि सार्वजनिक गरिएका कार्ययोजना पूरा गराउन आफनो टिम क्रियाशील रहने पुनः प्रतिवद्धता दोहोरयाएका थिए । उनले बार्षिक कार्ययोजना अन्तर्गत साउनमा निशुल्क आखाँ शिविर र दमकको वृद्धाश्रममा खाद्यन सहयोग सञ्चालन गरिने जानकारी दिए ।
यसैवीच, लायन्स क्लव अफ दमक विगवुद्धले यसअघि क्लव पदाधिकारी तथा सदस्यहरुका लागि दुई दिने उद्घोषण सम्बन्धी तालिम गर्नुका साथै दमक रन समूहका ७ धावकहरुलाई निशुल्क टि-सर्टसहित जुत्ता समेत वितरण गरेको अध्यक्ष राईले जनाएका छन् ।