सप्तरी/ सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो बोदेबर्साइन नगरपालिका ३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको चट्याङ लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार वर्षासँगै परेको चट्याङ लाग्दा उनीहरुको मृत्यु भएको हो ।
गाई वस्तु चराउन गएको समयमा चट्याङ लागेर उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुबैमाथि चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको हो।