दमक/  ज्यान मार्ने उद्योग मुद्दाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय बेलबारीमा पक्राउ परेका मोरङका एक आरोपित जिल्ला सरकारी वकिलको कार्यालयमै बेहोस भएर ढले ।
बिहिबार दिउँसो विराटनगरस्थित सो कार्यालयमा बयानका क्रममा बेहोस भएर ढलेका केराबारी २ का ४८ बर्षिय भक्तबहादुर ठकुरीलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box