झापा/ नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापालाइ नगरको ज्ञापन पत्र बुझाएको छ ।

नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीले समसामयिक बिषयहरु समेटिएको १९ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा भुमिहिन सुकुम्बासीलाई धनीपुर्जा उपलब्ध गराउन , दमक भ्यु टावरलाइ मेडिकल कलेज सहितको प्रादेशिक अस्पताल बनाउन , नगरको सम्पुर्ण बस्तीमा सडक , बिजुलि र खानेपानीको पहुच पुर्याउन , नगरपालिका भित्रहुने सबै काम चुस्त दुरुस्त बनाउन , किसानहरूलाई मल , बीउ र प्रबिधिको प्रबन्ध मिलाउन , सामुदायिक बिधालयको ब्यवस्थापन समिती गठन गर्न , पटके कर र फोहोरमैला कर खारेज गर्न , १२ सम्म निशुल्क शिक्षाको ब्यवस्था लगायतका माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटी अध्यक्ष रबि बस्नेत र नगर इन्चार्ज बेदु गौतमद्वारा हस्ताक्षरित ज्ञापन–पत्रमा दमक बासीहरुको समस्यालाइ हल गर्न दत्तचित्त भएर लाग्न अनुरोध गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मेयर राम कुमार थापाले सबै बुदा नगरको बिकास र समृद्धि सग जोडिएको छ । सकारात्मक कुरा उठान भएकाले यसलाई निर्णयमा लगेर काम गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।

यस्तो छ ज्ञापन पत्रको पूर्ण पाठ ।

Facebook Comments Box