दमक/  पाँचथरको हिलिहाङ ७ सल्लेरीमा भएको सवारी दुर्घटनामा एकै परिवारका पतिको मृत्यु भएको छ भने पत्नी घाईते भएकी छिन ।

ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरीको रामधुनी ७ का २६ बर्षिय प्रेम घिसिङ रहेका छन । बुधबार दिउँसो मेची राजमार्गमा च्याङथापुबाट झापातर्फ आउँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङकर र झापाबाट ताप्लेजुङ तर्फ जाँदै गरेको को ५ प २३३० नम्बरको मोटरसाइकल. एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक तामाङको मृत्यु भएको हो । मोटरसाइकलमा सवार उनकी पत्नी २६ बर्षिया कञ्चन घिसिङ घाईते भएकी छन । घिसिङको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा गएराती १२ बजे मृत्यु भएको जनाइएको छ ।

ट्रयाक्टर दुर्घटनामा मृत्यु
त्यसैगरी तेह्रथुम म्याङलुङ १ डबलिस्थित भित्रि कच्चि सडक खण्डमा म्याङ्लुङवाट तमोर नदी तर्फ वालुवा लिन जादै गरेको प्र.नं.१ ०२–००३ त ४९८ नम्बरको ट्याक्टर  अनियन्त्रित भई सडक वाट अन्दाजी १०० मिटर तल खसेर भएको सवारी दुर्घटनामा ट्याक्टर चालक फेदाप गापा ५ ईसिबुका २६ बर्षिय रबिन खापुङको घट्नास्थलमै मृत्यू भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Facebook Comments Box