बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिका १ स्थित कुमार गाँउमा धारीलो हतियार प्रहारबाट एक महिला घाईते भएकी छिन ।
मंगलबार दिउँसो साढे १ बजेको समयमा सोही स्थान बस्ने बर्ष ३६ का निर बहादुर नेपालले आफ्नै २६ बर्षिय बुहारी सलिना नेपाल लाई शरिरको बिभिन्न भागमा खुकुरीले प्रहार गरी गम्भिर घाईते बनाएका हुन ।
घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने निर बहादुरलाई तत्काल पक्राउ गर्नुकासाथै गम्भिर घाइते भएकी सलिनालाई उद्धार गरी उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बुहारीलाई धारिलो हतियार प्रहार गर्ने जेठाजु पक्राउ
Nishkarsha News
२०७६ असार २४, मंगलवार १९:००