दमक/ अमेरिकाको कोलम्बस ज्वेलरी किङका सञ्चालक नारायण रसाइलीले आफनो जन्मदिनको अवसर पारेर झापा दमकका बिभिन्न आश्रम तथा बिरामी सहयोग गर्नु भनी आफ्नो जन्म दिनमा एक लाख रुपैयाँ बराबरको सहयोग गरेका छन । भुटानी शरणार्थी शिविर पथरीबाट पुनर्वासमा गएका उनले दमकस्थित आफना साथी न्यू नव दुर्गा ज्वेलर्स सञ्चालक सन्देश कालिकोटे मार्फत सो रकम पठाएका हुन ।

जन्मदिनको अवसर पारेर नमूना बालश्रम उर्लावारी, हाम्रो बालआश्रम, दमक रत्न जेष्ठ नागरिक बृद्ध आश्रमलाई अति आवश्यक खाद्यन्न लागयत खाजा सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । त्यसैगरी ब्लड क्यान्सर पीड़ित मन बहादुर बराइली बचाऊ अभियनमा माई नगर पालिका ८ इलामका पीडितलाई ३५ हजार झापा गाउँपालिका वाड न ७ निवासी ट्यूमर पीड़ित राजकुमार बचाऊ अभियानमा १० हजार सहयोग गरेर उनले जन्म दिन मनाएका हुन । ति सहयोग हस्तान्तरणमा सन्देश कालिकोट ,काजी राउत, सरोज लकान्द्री लगायत स्थानीयहरु उपस्थित थिए ।

Facebook Comments Box