दमक/ झापाको गौरीगञ्ज गाउँपालिका ५ फत्तेपुरका शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।
आज सोमबार बिहान ८ बजे छिमेकीको बिहेमा जेनेरेटरको तार खोल्ने क्रममा करेन्ट लागेर घाईते भएका गनगाईको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाक प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।