दमक/  प्रदेश १ का अलग अलग ठाउमा भएका घटनामा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका १ हटियाडाँडा स्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाईकल आफैं अनियन्त्रित भएर दुर्घटना हुदा चालक सुनवर्सी नगरपालिका ९ का २४ बर्षीय राजकुमार शर्माको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार भारत अररिया जिल्ला कुसाकट्टा का २० बर्षीय किसन कुमार कामत सामान्य घाईते भएका छन् ।

हिजो बेलुका साढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे.४ प. ४५५१ नम्बरको मोटरसाईकल आफंै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएका शर्माको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी ओखलढुङगाको मोलुङ गाउपालिका ६ मंगलबारेकी ५५ बर्षीया दुधमाया कट्वालको रुखबाट लडेर मृत्यु भएको छ । रुखमा चढेर घास काट्ने क्रममा लडेर घटनास्थलमानै मृत्यु भएको हो । त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दिकी ३७ बर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे घर अगाडी कलमा पानीको मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएकी श्रेष्ठको धरानमा उपचार क्रममा राती सँवा ९ बजे मृत्यु भएको थियो ।

 

 

Facebook Comments Box