दमक/  करिब १४ बर्ष अघि झापा दमक २ को हिमावी रोडले छोएको १ कठ्ठा घडेरी जग्गा किनेकी देवीमाया दाहालको जग्गामा जग्गा किनेको केही समयपछि आसपासका केही स्थानीयले जग्गाधनीको सहमति बिनानै एकाएक हिमावि रोडसंग भित्रि सडकलाई जोडे ।

आफनो दुख जेलोले कमाएको पैसाले बल्ल तल्ल किनेको एृक कठठाको टुक्रा पनि जग्गासंगै जोडिएको प्लटिङवालाले खर्लप्पै बाटोका नाममा अतिक्रमण गरेपछि बिलखबन्दमा परेकी दाहाल न्यायको खोजीमा झापा जिल्ला अदालत पुगिन । उनले आफनो जग्गा अतिक्रमण गरेर बाधा पुरयाउने समुहका विरुद्ध दायर गरेको मुद्धामा जिल्ला अदालतबाट लामो पर्खाइपछि बल्ल न्याय पाएकी छिन ।

जिल्ला अदालत झापाका न्यायधिश दिलकुमार बर्देवाको इजलासले साविक दमक नगरपालिका वडा नं १ मा देवीमाया दाहालको नाममा दर्ता कायम रहेको कित्ता नं ३१६१ को सो जग्गामा अनाधिकृत रुपमा प्रवेश नगर्नु , नगराउनु, डोजर तथा अन्य यान्त्रिक उपकरण लगाई बाटो खन्ने, बाटो बनाउने, जग्गा बिगार्ने, जग्गामा रोडा, गिटी हाल्ने जस्ता कुनै केही गैह्रकानुनी काम कारवाही नगर्न नगराउन साथै उक्त जग्गाको उपभोग गर्न निवेदकलाई बाधा अवरोध नगर्नु भनि विपक्षीका नाममा जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ बमोजिम अन्तरिम आदेश जारी गरेको छ ।

Facebook Comments Box