दमक/ नेपाल प्रेस युनियन झापा शाखाको बार्षिक साधारण सभाका अवसरमा अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीसहित दुई पत्रकार र झापाका विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।

शनिबार विर्तामोडमा आयोजित कार्यक्रमका बीच ७८ बर्षिय पत्रकार क्षेत्री र महिला पत्रकार जोस्ना श्रेष्ठलाई यूनियनमा स्थापना गरिएको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सोही अवसरमा ३० बैशाखमा सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पुरस्कार अक्षयकोषका दाता तथा संस्थाले दाताहरुलाई समेत सामूहिक रुपमा सम्मान गरिएको नेपाल प्रेस युनियन झापा शाखा उपाध्यक्ष गिरिराज भट्टराईले जानकारी दिए ।

 


प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद यज्ञप्रसाद र सकुन्तला पाठकले दिवंगत बुबाआमा टंकप्रसाद रमादेवी पाठकको स्मृतिमा स्थापना गरेको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकका सम्पादक समेत रहेका छेत्री, तथा उनीहरुकी छोरी ज्वाईँ टीकादेवी–कृष्णकुमार संग्रौलाले प्रेस युनियनमा स्थापना गरेको रमादेवी–टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो विराटमा कार्यरत श्रेष्ठलाई पुरस्कृत गरिएको हो । यसैवर्षदेखि वितरण प्रारम्भ गरिएको पुरस्कारको राशी जनही ११ हजार एकसय रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको छ ।
त्यसैगरी अक्षयकोषका दाताहरु शिव कँडेल, पार्वता खरेल विमली, गंगाप्रसाद मैनाली, कृष्ण गिरी लगायतलाई सम्मान गरिएको कार्यक्रममा पुरस्कार अक्षयकोषका दाता यज्ञप्रसाद–सकुन्तला पाठक, टीकादेवी –कृष्णकुमार संग्रौलालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्थानीय तहमा निर्वाचित गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, झापा गाउँपालिकाकी उपाध्यक्ष अन्जु थपलियासहितलाई दोसल्ला ओढाएर सम्मान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि सरावगी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, झापा गाउँपालिका उपाध्यक्ष अञ्जु थपलिया, नेपाल पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछाने, पुरस्कृत प्रतिभा तथा प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, पुरस्कार अक्षयकोषका दाताका तर्फबाट कृष्णकुमार संग्रौला, प्रेस युनियन पत्रकार प्रोत्साहन अक्षयकोषका दाताका तर्फबाट शिव कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै, यूनियनको सम्पन्न बन्द सत्रले युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीद्धारा प्रस्तुत सांगठानिक तथा कोषाध्यक्ष ओमप्रकाश भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । बन्द सत्रको सञ्चालन अध्यक्ष मण्डलका सदस्य राजेन्द्र गौतमले सञ्चालन गरे भने टिप्पणी प्रस्तुत ज्ञानेन्द्र निरौलाले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेशका कोषाध्यक्ष बिमल लामिछाने, झापा शाखा अध्यक्ष एकराज गिरी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए उपाध्यक्ष सुशिला संग्रौला, समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष तिर्थ सिग्देल, प्रेस चौतारी झापा अध्यक्ष मनकुमार गदाल, आदिबासी÷जनजाति पत्रकार महासंघ झापाका अध्यक्ष भूमिका सुब्बा, नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्यहरु विष्णु सुब्बा, लिलाराज झापाली, सुरेन्द्र भण्डारी, लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box